धादिङमा स्वास्थ्य बीमा गराउने प्रतिनीधिहरु यी हुन् (वडागत रुपमा)

Avatar photo
Dhadingpost
भदौ १३, २०७९

धादिङ । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा हो ।

नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डलेसंचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने तरीका
३५ सय योगदान रकम तिरेपछि ५ जनाको परिवारको स्वस्थ्य विमा हुन्छ भने परिवारको प्रत्येक सदस्यले वर्षिक १ लाख सम्मको निशुल्क उपचार सेवा लिन पाईन्छ । लक्षितवर्ग अति गरिव, एचआईभी संक्रमित, कुष्ठरोगी,एमडीआरटीबी, अति असक्त अपाङ्गताहरुलाई यो शुल्क छुट छ । यस्तै महिला स्वास्थ्य सेविकाको परिवारलाई ५० प्रतिशत र जेष्ठ जागरिकलाई पूर्ण छुटमा स्वास्थ्य बीमा गर्न सकिन्छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

के बीमा गर्ने वित्तिकै यो सुविधा लिन पाईन्छ ?
यो सेवा लिनको लागि बोर्डले निश्चित समय तोकेको छ जसु अनुसार बैशाख जेष्ठ असारमा बीमा गरे भदौ १ गते बाट अर्को वर्षको साउन मसान्त सम्म सेवा लिन पाईन्छ, साउन भदौ असोजमा बीमा गरे मंसिर १ गतेबाट अर्को वर्षको कात्तिक मसान्त सम्म सेवा लिन सकिन्छ, कार्तिक मंसिर र पुषमा बीमा गर्दा फागुन १ गतेबाट अर्को वर्षको माघ मसान्त सम्म यो सुविधा लिन पाईन्छ । यस्तै माघ फागुन र चैतमा बीमा गराए जेष्ठ १ गतेबाट अर्को वर्षको बैशाख मसान्त सम्म यो सेवा लिन सकिन्छ ।

कसरी गर्ने स्वास्थ्य बीमा
धादिङका प्रत्येक वडामार्फत यो कार्यक्रमलाई आगाडी बढाईएको छ । सरकारद्वारा बीमा सम्बन्धी तालिम प्राप्त व्यक्तिहरुले घर-घरमा गएर दिईएका तोकिएको शुल्क लिई बीमा गराएपछि यो सेवा लिन सकिन्छ । प्रत्येक वडामा एक एक जना विमा प्रतिनीधिहरु नियुक्त गरिएको छ । एकाध प्रतिनीधिहरुले विमा गराएका फाईलहरु नल्याएका कारण उनीहरुलाई हटाएर अर्को प्रतिनीधिको व्यवस्था गर्ने तयारी गरिएको स्वास्थ्य विमा बोर्ड धादिङमा कार्यरत सृजना इटनीले धादिङपोष्टलाई बताईन् ।

उनका अनुसार सिद्धलेक २ का प्रतिनीधि गणेश श्रेष्ठ, ४ को सुनिता तामाङ, गंगाजमुना ललिता घलेले जिम्मेवाी पुरा नगरेको पाईएको छ । यस्तै गजुरी ४ मा रमेश पण्डित, ७ मा सन्ध्या श्रेष्ठ र ८ मा अन्जु पुडासैनीले पनि विमा गरेको फाईल कार्यालयमा नल्याएको बताईन् । विमा गराए बापत ति प्रतिनीधिहरुले १० प्रतिसद मात्रै सेवा शुल्क लिन पाउने भएकोले पनि अर्को राम्रो काम पाउदा उनीहरुले विमा सहयोगीको काम छाडेर अन्य काम गरेका पाईन्छ ।

स्वास्थ्य विमा बोर्ड धादिङले दिएको जानकारी अनुसार वडाहरुमा यी विमा सहयोगीहरु छन् उनीहरुलाई घरमा नै बोलाएर विमा गराउन सकिन्छ ।