
धादिङ । नेपाल तमू गुरुङ विद्यार्थी धादिङको अध्यक्षमा अनिल गुरुङ सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न पांचौ अधिवेशनले अनिल गुरुङको अध्यक्षतामा २१ सदस्सीय नयाँ समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा मनु गुरुङ चयन गरेको छ ।
यस्तै संगठन विभाग प्रमुखमा निशान गुरुङ, महिला विभाग प्रमुखमा हरिमाया गुरुङ, शैक्षिक विभाग प्रमुखमा अमृत गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा पृथ्वी गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा प्रशान्त गुरुङ चयन भएका छन् ।
