
धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघ धादिङको प्रथम भेलाले डाक्टर दिनेश रेग्मीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी(विजय) को प्रमुख आतिथ्य भएको उक्त भेलाले डा.दिनेश रेग्मीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
पार्टीको चुनावी नीति र कार्यकर्ताको लगनशिलताको विषयमा प्रशिक्षणात्मक भनाई राखेका प्रमुख अतिथि विजयले अन्तिममा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको अधिकार सुनिश्चिताको लागि नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघ अग्रमोर्चामा रहनु पर्ने बताएका थिए ।
उक्त भेला नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), धादिङका सचिव विक्रम वि.क. ले सन्चालन गरेका थिए भने माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी शैलेषको विशेष आतिथ्यता रहेको थियो ।
