
धादिङ । धादिङबेसी स्थित न्यु किवो बोर्डिङ स्कुलमा तिज विशेष नृत्य प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नृत्य प्रतियोगितामा प्री-प्राइमरिमा कक्षाहरु मध्य युकेजी म्यारिगोल्डका विद्यार्थी भाइबहिनीहरुको नृत्य प्रथम भएको थियो । कक्षा १-३ मध्य कक्षा ३ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ४-६ मध्य कक्षा ४ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ७-९ मध्य कक्षा ९का विद्यार्थीहरुको नृत्य प्रथम भएको थियो ।
कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाग्मती प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु बिशाल सापकोटा, योएल तामाङ, पुस्पा केसि लगायतलाई सम्मान गरिएको थियो । भने गत २०७८सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी हरुलाइ सम्मान तथा बिदाई गरिएको प्रिन्सिपल प्रयास रेग्मीले धादिङपाेष्टलाई बताए ।
प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान बिश्वकर्माले हिन्दु नारिहरुको महान चाड तिजको अवसरमा शुभकामना दिदै साना बाबुनानिहरुको सर्वाङ्गिण बिकासको लागि यस्ता नृत्य प्रतियोगिता आयोजना गरेकोले बिद्यालय परिवार लाई धन्यवाद दिएका थिए । साथै बिद्यालयका सम्पुर्ण पुरुष शिक्षकहरूको आयोजनामा महिला शिक्षिकाहरुलाई दर खुवाउने कार्यक्रम पनि गरिएको थियो ।

बिद्यालय सन्चालक समिति अध्यक्ष तथा निर्देशक काशिनाथ कोइराला काे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कुलमान बिश्वकर्मा, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष लगायतकाे सहभागिता थियाे ।
