धादिङमा मिटर व्याजी विरुद्ध ३ जनाको उजुरी

Avatar photo
Dhadingpost
भदौ १०, २०७९

धादिङ । मिटर व्याजीबाट पीडित धादिङका ३ जनाले उजुरी दिएका छन् । गजुरी गाउँपालिका २ धादिङका दिवाकर बिष्टले ८ लाख रकम ऋण लिएको तर लिएको ऋण तिरिसक्दा पनि तिर्न बाँकी भनेर मागिरहेको भनि उजुरी दिएका छन् ।

गजुरी गाउँपालिका १ धादिङकी चन्द्रमाया लम्सालले जग्गा धितो राखेर दुई लाख रकम ऋण लिएको तर सावाँ व्याज दिन्छु जग्गा फिर्ता देउ भन्दा नमानेको भनि निवेदन दिनुभएको छ ।

उनीहरूले २०७९ भदौ ५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिएका हुन् । त्यस्तै, निलकण्ठ नगरपालिका ४ धादिङकी मानकुमारी सार्कीले श्रीमान बिरामी भएको र घर बनाउदै गर्दा साहुँसङ्ग ऋण लिएको तर अहिले साहुले धम्कि दिएको भनि ५ जनाको नाममा यहि भदौ ८ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरीदिनुभएको छ । अर्जुन श्रेष्ठको यो समाचार धादिङ अपडेटबाट लिईएको हो ।

x