
धादिङ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले मंगलबार धादिङ पठाएको केन्द्रिय प्रतिनीधि मदनकृष्ण श्रेष्ठको उपस्थितिमा महिला संघ धादिङले आज तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ ।
हिन्दु महिलाहरुको पर्व तिज नजिकँदै गर्दा कांग्रेस निकट महिला संघले धादिङबेसी स्थित नेपाली कांग्रेसको पार्टी कार्यलय (वीपी प्रतिष्ठानको भवन) मा आज तीज विशेष सांस्कृतिक कार्यक्रम एवम्ु दर खाने कार्यक्रम गर्न लागेका कांग्रेस नेता विकास श्रेष्ठले धादिङपोष्टलाई बताए ।
