बागमती प्रदेश प्रमुखद्वारा दुई अध्यादेश जारी

Avatar photo
Dhadingpost
भदौ २, २०७९

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माज्यूले आज बुधबार ९१ भदौ २०७९० मा दुई वटा अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २४ साउन २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि २६ साउन २०७९ मा पेश हुन आएका अध्यादेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।