
युएई । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने भएको छ ।
आफ्नो कला सँस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सॉस्कृतिक कार्यक्रम राखिएको नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।
नेपाली महिलाहरुको महान पर्वको रुपमा लिईने हरितालिका तीजको अवसरमा प्रवासमा रहनु भएका सम्पुर्ण चेलिहरुलाई मनोरञ्जन गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष बिश्वकर्माको कथन थियो ।
सेप्टेम्बर ४ आईतवारका दिन वर दुबईमा रहेको अष्टोरिया होटलको एभरेष्ट क्लवमा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सॉस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएका छन् ।
प्रवासमा रहेका नेपाली चेलीहरु लाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका सचिव एवं कार्यक्रमका संयोजक नबीन तामाङ ले बताए । कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एकहजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको उनको अपेक्षा थियो ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने भएको हो । नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहनुभएका चर्चित कलाकारहरुको पनि प्रस्तुती समेत रहनेछ। कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको र अहिले टिकट बिक्रि, कार्यक्रम व्यवस्थापन लगायतका काम भईरहेको आयोजकले बताए।
