नेपाली कांग्रेस धादिङको आज बैठक बस्दै, यी छन् एजेण्डाहरु

Avatar photo
Dhadingpost
भदौ १, २०७९

धादिङ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक आज बीपी स्मृति भवन, धादिङबेसी हुने भएको छ ।

बिहान ११ बजेबाट सुरुहने कांग्रेस धादिङको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, स्थायी आमन्त्रित सदस्यहरू, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरू र प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूलाई बैठकमा आमन्त्रण बताईएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सहसचिव नवाज तिमल्सिनाका अनुसार वैठकमा स्थानीय तहको निर्वाचनको प्रतिवेदन पेश र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी तयारी तथा पार्टीको बिधान बमोजिम गठन हुनुपर्ने विभिन्न समितिहरूको गठन र जिल्लाको समसामयिक सार्बजनिक सरोकारको बिषयहरूमा वैठकले निर्णय गर्नेछ ।

आजको वैठमा बुढिगण्डकी जलविद्युत आयोजनाले वितरण गरेको घरगोठको मुआब्जाको बिषय, विस्थापित नागरिकहरूको मुस्कान सहितको पूनर्वास कार्यक्रम, जिल्लाको विद्युत आपूर्तिमा देखिएको समस्या सम्बन्धमा, वर्षाले गर्दा जिल्लाभित्र भएको मानविय तथा धनजनको क्षती तथा यसको न्यूनीकरण सम्बन्धमा समेतनिणृय गरे जाने कार्यक्रम रहेको सह सचिव तिमल्सिनाले बताए ।