अरिंगालले चिल्दा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन २८, २०७९

कास्की । जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालले चिलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए। उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो।

कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।