
धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज धादिङबेसी आएर धादिङका कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
एकीकृत समाजवादी धादिङको चौथो बैठक एवं प्रशिक्षण कार्यक्रमका प्रमुख अथिति समेत रहेका खनालले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाव केन्द्रित भएर कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा केपी ओलीको अहंकारले लोकतान्त्रिक शक्तिहरु एकठाउँमा उभिँदै चुनावी गठबन्धन बनेको खनालले कार्यकर्ताहरुलाई बताएका थिए ।

वैठकमा सहभागि कार्यकर्ताका अनुसार खनालले स्थानीय चुनामा गठबन्धनबाट केहि धोका भएको र संघ र प्रदेशको चुनावका त्यस्तो नहुने गठबन्धन भित्र छलफलभएको समेत खुलासा गर्दै स्थानीय चुनावबाट बढारिएका प्रतिगमनका मतियारहरुलाई संघ र प्रदेशबाट पनि बढार्ने गरि लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष, बागमती प्रदेश सरकारका मुख्यमंत्री राजेन्द्र प्रसाद पाण्डेको विशेष आतिथ्य, संविधानसभा सदस्य गुरु बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
