
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणको लागि जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन् ।
प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् । शनिबार हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुँदैछ ।
यस्तै आइतबार नै प्रचण्ड नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।
प्रचण्डको ५ दिने जापान भ्रमणको कार्यतालिका
- नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा ।
- नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा उहाँ जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने ।
- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा राति जापानको प्रस्थान August 6 मा जापानको Fukuoka मा आयोजना हुने Nepal Festival Ceremony को समुदघाटन गर्ने ।
- August 6 मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ। August 7 मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्नुहुनेछ भने सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा Tokyo मा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्ने ।
- जापानमा रहदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरू सँग भेटवार्ता गर्ने ।
