माल्दिभ्ससँग भारत पराजित भए नेपाल फाईनल पुग्ने

Avatar photo
Dhadingpost
साउन १७, २०७९

काठमाडौं । नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दा बंगलादेश फाईनल प्रवेस गरेको छ भने नेपाल फाईनल पुग्न आज साँझ हने खेलमा माल्दिभ्सले भारतलाई हराउनु पर्ने भएको छ ।

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेश बराबरी रोके सँगै नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ ।

बंगलादेश ४ खेलमा १० अंकसाथ अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेर फाइनल प्रवेश गर्न सफल भएको छ । भारत ३ खेलमा ६ अंकसाथ तेस्रो स्थानमा छ । समान १-१ अंक जोडेका माल्दिभ्स चौथो र श्रीलंका पुछारमा छ । आज भारत र माल्दिभ्सले साँझ ७:१५ बजे अन्तिम लिग खेल खेल्नेछन् ।