नेपालको सानदार जित, माल्दिभ्स पछि श्रीलंका पराजित

Avatar photo
Dhadingpost
साउन १२, २०७९

काठमाडौं । भारतमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले दुई खेल खेल्दा दुबैमा सानदार जित निकालेको छ । पहिलो खेल माल्दिभ्सलाई हराउँदै ३ अंक जोडेको नेपालले दोस्रो खेल श्रीलंकालाई पराजित गर्दै आफ्नो अंक स्कोरलाई ६ पुर्याएको छ ।

भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालको २ खेलबाट ६ अंक छ । दोस्रो स्थानको बंगलादेशको पनि ६ अंक रहेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले भने अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।