धादिङका इश्वर गुरुङको उत्कृष्ठ प्रदर्शन सँगै नेपालको माल्दिभ्समाथि सानदार जित

Avatar photo
Dhadingpost
साउन ९, २०७९

धादिङ । धादिङ खनियाबासका ईश्वर गुरुङ सहभागि नेपाली टिमद्वारा माल्दिभ्समाथि सानदार जित निकालेको छ । माल्दिभ्सलाई ४–० ले हराउँदै नेपालले सानदार जितको सुरुवात गरेको हो ।

भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा प्रतियोगितामा नेपालको जितका लागि दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । भने नेपाली टिको गोलरक्षक धादिङका इश्वर गुरुङ थिए ।

माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।

खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।

त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।