महिला साफ च्याम्पियनसिप नेपालमा हुने

Avatar photo
Dhadingpost
असार १८, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको प्रस्ताव शनिबार बसेको बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले पास गरे सँगै महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा हुने भएको छ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को साधारण कांग्रेस २०२२ ले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सलाउद्दिन दोस्रो कार्यकालका लागि पुनः साफको अध्यक्षमा निर्वाचित भएका हुन् ।