धादिङका खेलकुद अध्यक्ष तामाङ, क्यान्सर पिडित खेलाडी गिरीको उपचारमा सहयोग माग्दै मन्त्रालयमा

Avatar photo
Dhadingpost
असार ११, २०७९

धादिङ । यतिबेला देश तथा विदेशभर छरिएर रहेको धादिङवासीहरु बीच क्यान्सर पिडित तेक्वान्दो खेलाडी अमृत गिरीको उपचार खर्च जुटाउने अभियान सुरुभएको छ । यहि अभियनाको क्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंङ तामाङ युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश पुगेका छन् ।

उनले मत्रालयका सदस्य सचिव सूर्यलाल भण्डारीलाई भेटगरी खेलाडी गिरीको स्वास्थ्य अवस्था बारे ध्यानाकर्षण सहयोगको लागि अपिल समेत गरेका छन् ।

ब्लड क्यान्सर पिडित गिरीको उपचारको लागि अमृत गिरी बचाऔ अभियान त्रिपुरासुन्दरीका गाउपालिकाका अध्यक्ष राजु उप्रेती, रामहरी गिरी र हरि चन्द्र गिरीले चलाएको अभियानबाट संकलित २ लाख १६ हजार ६६५ हजा पिडितलाई हस्तान्तरण भएको छ ।

यस्तै धादिङबेसी बिचबजार चोकदेखि तल नीलकण्ठ सप्लायर्स सम्मका व्यवसायी र घरधनीहरुबाट संकलन भएको सहयोग रकम रु १ लखा ६४ हजार ७७५ पनि गिरीलाई पठाईएको गणेशबाबु श्रेष्ठले बताए ।

यसैगरी चिल्ड्रेनपार्क स्कुलबाट १५ हजार, सीपी कलेज तथा स्कुलका कर्मचारी र शिक्षकबाट संकलित २१ हजार, सुमिना श्रेष्ठ पुर्व शिक्षकबाट ७ हजार, विविएसका विद्यार्थीबाट संकलित २ हजार २ सय, स्कुलका विद्यार्थीबाट संकलित १५ हजार ७ सय गरी जम्मा ६० हजार ९ सय हस्तान्तरण गरीएको छ ।

क्यान्सर पिडित गरीले आफुलाई आर्थिक सहयोग गरी उपचारमा सहयोग गरि दिनुहुन देश तथा विदेशमा रहेको नेपालीहरुलाई आफ्नो सामाजिक संजाल मार्फत अपिल गरेका छन् ।