धादिङबाट रोशन र समिक्षा सहभागि हुने बागमती प्रदेशको वक्तृत्वकला स्थगित

Avatar photo
Dhadingpost
असार ४, २०७९

धादिङ । बागमती प्रदेश सरकार बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषदले आयोजना आज गर्ने भनेको प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता स्थगित भएको छ ।

यस प्रतियोगिताका लागि धादिङ जिल्लाबाट छात्रा तर्फ नीलकण्ठ क्याम्पस वि ए तेस्रो वर्षमा अध्ययनरत रोशन कोइराला र छात्रा तर्फबाट पनि नीलकण्ठ क्याम्पसबाटै BICTE प्रथम सेमेस्टरमा अध्यनरत समिक्षा अधिकारी छनोट भएका थिए ।

कक्षा १२ को परिक्षा चलेकोले प्रतियोगिता स्थगित भएको जानकारी आएको र आज सँझ सम्ममा अर्को मिति तय हुने आफु्लाई जानकारी आएको प्रतियोगि रोशन कोईरालेले धादिङपोष्टलाई बताए ।
प्रदेश विजेता प्रथमले ३० हजार, दोस्रो २५ हजार, तृतिय २० हजार र सान्तोनाले १० हजार पुरस्कार पाउने छन् । प्रदेश स्तरीय प्रतियोगिता हेटौंडामा हुनेछ ।