बागमतीको वजेट: ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’

Avatar photo
Dhadingpost
असार १, २०७९

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बुधबार प्रदेश सरकारको तर्फबाट आगामी आवको बजेट घोषणा गर्दै उक्त योजना अघि बढाउने जानकारी दिएका हुन् ।

मन्त्री जमरकट्टेलले प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइने जानकारी गराएका हुन् । उनले यसका लागि आगामी वर्षलाई १८ करोड २७ लाख बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आवमा प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।