
धादिङ । बूढीगण्डकी जलविद्युत आयोजनाका मुआब्जा, बतावरण पुनर्बास तथा पुनस्र्थापना इकाईका प्रमुख जगतकुमार श्रेष्ठले आयोजना प्रभावित क्षेत्रको घरगोठको दोस्रो चरणको मुआब्जा २५ सय ६९ जना लाभग्राहीको तीन अर्व दुई करोड मुआब्जा रकम पठाइएको बताएका छन् ।
यसअघि इकाईले पहिलो चरणमा घरगोठ, बोटबिरुवाको आठ सय लाभग्राहीको एक अर्व ७० करोड रुपैयाँ मुआब्जा बैंक खातामा पठाएको थियो । अझै करिब पाँच सय निवेदकहरुको मुआब्जा बितरण गर्न बाँकी छ । घरगोठको मुआब्जा दिन इकाई सँग एक अर्व रुपैयाँ बाँकी छ । मुआब्जा रकम कम आएको गुनासो केही लाभग्राहीले गर्न थालेका छन् । ‘के को कति, कुन-कुन शिर्षकमा मुआब्जा आयो भन्ने बारेमा बिस्तृत बिवरण हेर्न पाईने उनले बताए ।
इकाईले यस अघि धादीङ र गोरखा तर्फ ४४ हजार नौ सय ८८ रोपनी क्षेत्रफल जग्गाको ३४ अर्व नौ करोड रुपैयाँ बितरण गरिसकेको छ । घरगोठको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले २०७८ चैत तेस्रो साता मात्रै निर्धारण भएको थियो । मुआब्जा निर्धारण भएको दुई महिना भित्रै इकाईले ८० प्रतिशत भन्दाबढि घरगोठ, बोटबिरुवाको मुआब्जा बितरण गरिसकेको छ ।
