
धादिङ । धादिङको खनियाबास गाउँपालिका दार्खाका निवासी इश्वर गुरुङ अण्डर २० को राष्ट्रिय टिमका लागि छनोट भएका छन् । केहि दिन अघि मात्र भएको राष्ट्रिय छनोट प्रतियोगितामा इश्वर पहिलो नम्बरमा छनोट भएका हुन् ।
धादिङका कुशल फुटबल खेलाडी मध्य पर्ने इश्वर हुन्। ४० जना खेलाडी छनोट गरिएकोमा धादिङबाट उनी मात्रै राष्ट्रिय टिमका लागि छनोट भएका हुन् । छनोट गरिएको नामावली लिस्टमा उनको नाम १ नम्बरमा रहेको छ ।
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा इश्वर जावलाखेल युथ क्लबबाट डेभ्यु गरिसकेका खेलाडी हुन् ।
