अमेरिकी सेनाका कमान्डर काठमाडौं किन आए ?

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७९

काठमाडौं । अमरिकी सेनाको हिन्द(प्रशासन क्षेत्र हेर्ने कमाण्डर चाल्र्स ए। फ्लिन आज काठमाडौं आएका छन् । उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् । उनी अमेरिकी सैन्य जहाजबाट सिधै काठमाडौं ओर्लने भनिएपनि दिल्ली हुँदै आए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।