मोबाईल लुटपाट गर्ने दुई जना पक्राउ

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७९

काठमाडौं । काठमाडौं स्थित श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोवाईल र नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोवाईल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट मेघाङका बिक्की अर्याल र काभ्रे पाँचखालका राम श्रेष्ठ छन् । उनीहरुको साथबाट विभिन्न कम्पनीका ९ थान मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।