बेनीघाट रोराङको कार्यपालिका सदस्यमा ६ जना नै निर्विरोध निर्वाचित

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७९

धादिङ । बेनीघाट रोराङ गाउँ कार्यपालिका सदस्यका लागि जेष्ठ १८ गते निर्वाचन गर्ने कार्यक्रम रहेको थियो । ८ जना उम्मेदवार मध्य कांग्रेसबाट देवी राना र माओवादी केन्द्रबाट हर्कबहादुर चेपाङले उम्मेदवारी फिर्ता लिएपछि आज ६ जना मतदान हुने तोकिएको एक दिन अगावै निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यपालिका सदस्य ६ जना मध्य माओवादीले ४ जना, कांग्रेस र एकीकृत समाजवादीले १-१ जना लिने गठबन्धन दल बीच सहमति बने सँगै उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई आजै निर्वाचन आयोगले विजयी घोषणा गरेको छ ।

निर्विरोध विजयी हुनेमा महिला तर्फ ४ जनामा माओवादी केन्द्रबाट इन्दिरा कडेल, राममायाँ चेपाङ, विन्दा मगराती र सुन्तलीमायाँ तामाङ छन् भने दलित एवम् अल्पसंख्याक तर्फ कांग्रेसका भिमबहादुर चेपाङ र माआोवादी केन्द्रका पूर्ण बहादुर बिश्वर्मा छन् ।

बोनीघाट रोराङमा एकल बहुमतमा रहेको माओवादीबाट आज ४ जना निर्विरोध भए सँगै पालिका अध्यक्ष र ६ वडाध्यक्ष गरि कार्यपालिकामा ११ जना सहित दुई तिहाई बहुमतमा देखिएको छ । यस्तै कांग्रेसले आजको निर्वाचनबाट १ थप्दै २ वडा अध्यक्ष सहित ३ जना र एकीकृत समाजवादीले पनि १ थप्दै उपाध्यक्ष सहित २ जना कार्यपालिकामा उपस्थिति रहने छ ।