नीलकण्ठ १० मा कांग्रेसका सरोज पाण्डे विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७९

धादिङ । नीलकण्ठ १० को अध्यक्षमा कांग्रेसका सरोज पाण्ड विजयी भएका छन् । धादिङ कांग्रेसका कान्छा उम्मेदवार पाण्डेले ८१ मतको अन्तरले माओवादी केन्द्रका कुमार थापामगरलाई पराजित गरेका हुन् ।

आफ्नो जितका लागि पाण्डले ६३१ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दीहरु माओवादी केन्द्रका कुमार थापामगरले ५५०, एमालेका राजाराम पाठकले ४०२ र जसपामा गणेश तिमल्सिनाले ८८ मत ल्याएका थिए । ०७४ को निर्वाचन मत परिणाममा तेस्रो भएको कांग्रेसले यो पटक धेरै सुधार गरि वडा आफ्नो पक्षमा पार्दै पाण्डेलाई जिताएको छ ।

०७४ सालको निर्वाचनमा यसवडाबाट अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका थिए जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका गणेश थापाले ३९९, कांग्रेसका ४५७, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।