
धादिङ । थाक्रे गाउँपालिका ५ मा सन्त बहादुर तामाङ विजयी भएका छन् । उनलले ६७८ मत ल्याई वडा अध्यक्षमा जितेका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भुमिबहादुर तामाङले ६५३ मत ल्याए ।
माओवादीका भुमी ०७४ मा ४७३ मत ल्याई विजयी बनेका थिए । तर योपटक उनले आफ्नो जित सुरक्षित गर्न सकेनन् । उनले ०७४ सालमा एमालेका प्रेमबहादुर नेगी लामालाई २० मतले हराएका थिए ।
