नीलकण्ठ ६ मा मत बराबर भएपछि पुन: गणनाको माग

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७९

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रका लक्ष्मण रम्तेल र कांग्रेसका भूपेन्द्र श्रेष्ठको बराबर ७३८ मत भएपछि पुन गणनाको माग भएको छ ।

अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका रम्तेल प्रहरी हिरासदमा छन् भने कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ अस्पतालमा उपचारत छन् ।

बैशाख २८ गते नीलकण्ठ नगरपालिका ६ देउरालीछापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि गरेको आक्रमणबाट घाईते बनेका श्रेष्ठ उपचारत छन् भने यसै घटनामा रम्तेल दोसी रहेको आरोपमा पिडितले उजुरी दिएपछि रम्ते प्रहरी हिरासदमा रहेका हुन् । यस वडामा सबै सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।