
धादिङ । माओवादी केन्द्रका कुमार बस्नेत बेनीघाट राेराङ ७ काे अध्यक्षमा अत्याधिक ९८३ मतकाे अन्तरले विजयी भएका छन् ।
बस्नेतले आफ्नाे जितका लागि १ हजार ८० मत ल्याउदा उनकाे प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ९७ मत र एमालेका उम्मेदवारले ९० मत मात्रै ल्याए ।
धादिङमा ४९ वटा वडाकाे नतिजा आउँदा माओवादीले १६, कांग्रेसले १५, एमालेले ६, एकीकृत समाजवादीले ४, राप्रपाले ४, स्वतन्त्रले ३ र जसपाले १ वटा वडा जितेका छन् ।
