
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ मा अत्याधिक मतान्तरमा स्वतन्त्रका उम्मेदवार कृष्ण बहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ्ले ५०९ मत को फराकिलो अन्तरले विजयी भएका हुन् ।
उनी ११०३ मतले विजय हुँदा प्रतिस्पर्धी एमालेका रामबहादुर अर्यालले ५९४ मत र नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५३९ मत ल्याएका थिए ।
नलिकण्ठ ३ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठले पनि ७०० अत्याधिक फराकिलो मतान्तरमा विजयी भएका छन् । उनले कुल २ हजार ८ सय ४१ मत खसेकोमा १ हजार ३ सय ३९ मत ल्याउन सफल भएका थिए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६ सय ३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाए ।
धादिङमा हालसम्म विजयी भएका 43 वडा अध्यक्षहरु
कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ विजयी
नेत्रावती डब्जाेङ २ मिनबहादुर तामाङ विजयी
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ विजयी
रुविभ्याली १ पम्बर तामाङ विजयी
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ ऋषिलाल श्रेष्ठ विजयी
गजुरी ४ सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
खनियाबास ४ लिलामान तामाङ विजयी
माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
धुनीबेसी ६ मा रमेश आचार्य विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गल्छी ५ सरोज तामाङ बिजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
एमाले
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
ज्वालामुखी १ कृष्ण गिरी विजयी
एकीकृत समाजवादी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
रुविभ्याली २ रुप घले विजयी
राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुबीभ्याली ४ प्रशान्त तामाङ
जसपा
रुबीभ्याली ३ फेदाेर्जे तामाङ विजयी
स्वतन्त्र
नीलकण्ठ ३, राजकुमार श्रेष्ठ
ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ
