
धादिङ । रुबीभ्याली ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङ विजयी भएका छन् ।
फेदोजे तामाङले जितका लागि ५०३ मत ल्याएका छन् । धादिङमा गठबन्धनका ठुला दलले रिङ् आउट गरेपछि एक्लै चुनावी मैदानमा रहेको जसपा ३२ वटा वडाको नतिजा आउँदा यो वडामा जित निकालेको हो ।
यस वडामा फेदोजेका प्रतिद्वन्दीहरु गठबन्धनबाट एकीकृत समाजवादीका रिकमान तामाङले ३८७ मत ल्याए भने राप्रपा का कसमान तामाङ २६८ मत ल्याएका थिए ।
