त्रिपुरासुन्दरी १ मा कांग्रेसका भिम प्रसाद भट्ट विजयी

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७९

सन्जु श्रेष्ठ,
धादिङ । त्रिपुरासुन्दरी वडा १ को अध्यक्षमा नेपाली कांग्रेसका भिम प्रसाद भट्ट विजयी भएका छन् ।

जितका लागि १२९८ मत ल्याएका भिमका प्रतिद्वन्दी एमालेका हरि बसौलाले १०१८ मत ल्याएका थिए ।

धादिङको पछिल्लो मत परिणममा अनुसार ३२ वटा वडाको नतिजा आएको छ जसमा कांग्रेस १०, माओवादी केन्द्र ९, एमाले ५, एकीकृत समाजवादी ४, राप्रपा ३ र जसपा १ वडामा आफ्नो जित पक्का गरेका छन् ।