
काठमाडौं । स्थगित भएका ७७ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा पुन मतदान हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार जुम्लाको गुठिचौर, काभ्रेको पाँचखाल, रौतहटको फटुवा विजयपुर, सप्तरीको डाक्नेश्वरी, रामेछापको खाँडादेवीलगायतका विभिन्न मतदान स्थलमा पुनः मतदान हुने भएको हो ।
निर्वाचन आयोगका अनुसार विभिन्न विवादका कारण यी क्षेत्रमा मतदान स्थगित भएको हो । एक साताभित्रै यी क्षेत्रमा पुनः मतदान गरिने आयोगले जनाएको छ ।
