मतदाता बोकेको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७९

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा जिप दुर्घटनामा परेको हो ।

वालिङ १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको उनले बताए ।

‘‘१० जनाको मृत्यु पुष्टि भइसकेको छ । अन्य केही घाइतेलाई पोखरा रिफर गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ,” उनले भने । जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।