सुनौलाबजारमा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ सहित २० जना कांग्रेस कार्यकर्ता घाईते

Avatar photo
Dhadingpost
बैशाख २९, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपलिका ६ स्थित सुनौलाबजारमा माओवादी कार्यकर्ताहरुको आक्रमणमा वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका भुपेन्द्र श्रेष्ठ गम्भीर घाईते बनेका छन् ।

सुनौला बजार स्थित देउराली छापमा बुझबार भोर्लेबाट फर्कदै गरेका कांग्रेस कार्यकर्ताहरु आक्रमण गर्दा कांग्रेसकाबाट वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका श्रेष्ठ सहित २० जना घाईते भएको नेपाली कांग्रेसले जनाएको छ ।

घाइते हुनेहरुमा भुपेन्द्र श्रेष्ठ, तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् ।

सोधपुछको लागि भन्दै कृष्ण कुमार श्रेष्ठ, अनिल कुमार श्रेष्ठ र सुरेन्द्र शाहीलाई प्रहरीले नियन्त्रमा लिएको छ भने आफू घटना संलग्न नै नभएको तर प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याएको कृष्ण कुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।