धादिङमा आज राति देखि मदिरा बिक्री र सेवन गर्न नपाईने

Avatar photo
Dhadingpost
बैशाख २७, २०७९

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आज राति १२ बजे देखि बैशाख ३१ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवन गर्न नपाईने जनाएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको हो । मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

सूचनाको वर्खिलापमा क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम विक्रेतालाई समेत कारवाही गरिने सुचनामा भनिएको छ ।