
धादिङ । धादिङबेसी सदरमुकाममा सत्ता गठबन्धन दलका साझा उम्मेदवारहरुले मतदाताहरु सँग आफूलाई भोट दिई समुन्नत नीदकण्ठ नगरपालिका बनाउने योजनालाई सार्थक बनाउने बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रिय सदस्य कल्पना धमलाको नेतृत्वमा पुछारबजारबाट सुरुभएको घरदैलो कार्यक्रम सिरानबजार सम्म चलेको थियो ।
गठबन्धनका साझा उम्मेदवारहरु मेयर पदका भिम ढुङ्गाना र उप मेयर पदका उम्मेदवार दिपक विशवकर्माले आफहरुले चुनाव जिते समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर निमार्णको नारालाई सार्थक बनाउने प्रति बद्धता जनाएका थिए ।
यस्त छन् ढुङ्गाना र विश्वकर्माको चुनावी प्रतिवद्धता
१. नीलकण्ठ नगरपालिकालाई देशकै नमूना पूर्वाधारयुक्त पर्यटकीय शहरको रुपमा विकास गर्ने ।
२. नगरको समग्र विकास ब्यवस्थापनका लागि एकीकृत नगरविकास योजना अनुरुप योजनाबद्ध विकास गर्ने ।
३. नगरको समग्र विकासमा नीति निर्माण र कार्यान्वयन सहजीकरण गर्न नीलकण्ठ नगर विकास प्राधिकरण गठन गरि व्यवस्थित र योजनाबद्ध विकास अभियान सञ्चालन गरिनेछ ।
४. आगामी ५ बर्ष भित्र नीलकण्ठ नगरपालिकाका वेरोजगार युवाहरुलाई मेयर उद्यमशिलता कार्यक्रम मार्फत अधिकतम रोजगारीको सृजना गर्ने र कम्तीमा ५ हजार युवाहरुलाई स्वरोजगार बनाउने ।
५. आगामी ५ बर्ष भित्र नगरपालिका का सवै वडा र वस्तीलाई बाह्रै महिना चल्ने गरि सडक सञ्जालले जोड्ने ।
६. विशेषज्ञ डाक्टर र अनुसन्धान सेवा सहितको शहरी स्वास्थ क्लिनिक सञ्चालन गर्ने र सवै वडाका स्वास्थ संस्थामा टेलिमेडिसिन सेवा मार्फत स्तरीय स्वास्थ उपचारको ब्यवस्था गर्ने ।
७. धादिङवेसी बजारलाई ब्यवस्थित, सफा र सुरक्षित नमुना बजारको रुपमा विकसित गर्ने ।
८. नीलकण्ठ नगरपालिकाको गौरवका आयोजनाका रुपमा रहेको ९५ किलोमिटर चक्रपथलाई हरितमार्गको रुपमा विकास गरिनेछ । धादिङवेसी करिडोर सडक लाई अगामी ५ बर्षमा स्तरबृद्धिका साथ पूर्णता दिइनेछ ।
९. सवै नगरबासीहरुलाई स्वास्थ् विमा मार्फत बार्षिक २ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराइनेछ ।
१०. धादिङवेसी बजारमा हाल स्वीकृत भैसकेको ४६ करोड बजेटलाई समायोजन गरी बृहत खानेपानी आयोजना सञ्चालन गर्ने । सबै वडामा एक घर एक धारा हुने गरी तिर्खामुक्त नगरको सपना साकार पार्ने । लिफ्टिङबाट सञ्चालित खानेपानी आयोजनामा विद्युत महशुल नगरपालिकाको तर्फबाट भुक्तान गर्ने व्यवस्था गर्ने ।
११. एक वडा एक नमूना श्रोत विद्यालय घोषणा गरी नगरपालिका भित्रका सवै विद्यालयहरुमा इन्टरनेट, सूचना प्रविधि र आवश्यक साधनश्रोत सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
१२. नगरपालिका क्षेत्रमा कम्तिमा एउटा बहुप्राविधिक क्याम्पस सञ्चालन गर्ने । नीलकण्ठ बहुमुखी क्याम्पसलाई विशेष स्तरोन्नती गरी स्नातकोत्तर सम्मका सवै फ्याकल्टीका विषय अध्यापन गराउने क्याम्पसको रुपमा विकास गरी जेहन्दार विद्यार्थीहरुलाई आवासीय सुविधा समेत प्रदान गरिनेछ ।
१३. नगरपालिकालाई बालमैत्री नगर घोषणा गरि आवश्यक स्थानहरुमा वालविकास केन्द्र स्थापना गर्ने, पोषणयुक्त आहार सहित उचित स्याहार संरक्षण, र बृद्धि विकासको ब्यवस्था गरिनेछ ।
१४. दलित तथा विपन्न बर्गका बालबालिकाहरुको आधारभुत तह देखि उच्च शिक्षा सम्म निशुल्क छात्रवृत्ति, पोषण र संरक्षणको विशेष कार्यक्रम सञ्चालन गर्ने ।
१५. जेष्ठ नागरिकको सम्मानका लागि नगर स्तरीय संरक्षण केन्द्र र विश्राम पार्क निर्माण गरि सेवा प्रदान गरिनेछ । ७० बर्ष माथिका सवै जेष्ठ नागरिकको घर दैलोमा उपचार सेवा, निःशुल्क औषधी र भत्ताको ब्यवस्था गरिनेछ ।
१६. कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र स्थापना गरिनेछ ।
१६. नीलकण्ठ नगरपालिकाका सवै बजार र बस्तीहरुमा स्तरीय इन्टरनेट सेवा, निशुल्क वाइफाइ जोन तथा टेलिसेन्टर स्थापना गर्ने। साथै एकीकृत शहरी सुरक्षा प्रणालीमा सूचना प्रविधिलाई जोड्दै सिसिटीभी तथा अनलाईन मार्फत सिटी सर्भिलेन्स परियोजना सञ्चालन
गर्ने ।
१७. नीलकण्ठ नगरपालिकालाई नमूना पर्यटकीय गन्तव्य नगरको रुपमा विकास गर्न पर्यटन मैत्री पूर्वाधारको प्रवर्धन गर्ने ।
१९. नगरपालिका क्षेत्रको उपयुक्त स्थानमा देशकै नमूना पर्यटकीय पार्क निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने ।
२०. नगर क्षेत्रमा होम स्टे संचालन सुरुभएको पात्ले गाउँ, वि।पी गाउँ र जुरेथुमलाई आवश्यक सहयोग गरि पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने र नगरपालिका क्षेत्रका अन्य सम्भावित गाउँहरुमा होम स्टे सञ्चालन गर्न आवश्यक सहयोग गर्ने । साथै भैरवी मन्दिर, बागेश्वरी मन्दिर, चमेरे गुफा, लामास्थान, चुलिदेवी लगायतका स्थललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ ।
२१ नीलकण्ठ नगर क्षेत्रमा प्याराग्लाइडिङ, जीप फ्यायर, रक क्लाइम्बिङ जस्ता साहसिक पर्यटकीय खेलको प्रवर्धन गर्ने ।
२२. नगरका हरेक बस्तीहरुमा औद्योगिक कामका लागि समेत माग धान्ने गरि थ्री फेज लाइनको विद्युतीकरण तथा सौर्य उर्जा, वायोग्याँस तथा वैकल्पिक उर्जाको उचित प्रवर्धन गर्ने ।
२३. नीलकण्ठ नगरलाई खेलमैत्री नगरको रुपमा विकास गर्न खेलकुद रंगशाला तथा नमूना खेलकुद पाठशाला स्थापना गर्ने र
हरेक वडाहरुमा खेलकुद विकासका लागि खेलमैदान निर्माण आवश्यक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने । साथै विद्यालयहरुमा खेल पाठ्यक्रम र खेलकुद शिक्षकको ब्यवस्था गरिनेछ ।
२४. दलितहरुको परम्परागत पेशालाई व्यावसायीकरण गर्न आवश्यक आर्थिक सहयोग, अनुदान तथा थप तालिमको ब्यवस्था गर्ने ।
२५. नगरको समग्र सूचना आदान प्रदान तथा शिक्षा र मनोरञ्जनका लागि स्थानीय रेडियो, अनलाईन र पत्रपत्रिकामा नगर विशेष सामग्रीहरुको उत्पादन तथा प्रसारण प्रकाशन प्रवर्धन गर्ने र नगरक्षेत्रबाट प्रकाशित प्रसारित सञ्चार माध्यमलाई विशेष
साझेदारी अनुदानको ब्यवस्था गर्ने । पत्रकारहरुलाई लेखनबृत्ति तथा पुरस्कृत र आवश्यक सहयोग गरिनेछ ।
२६. महिला, दलित, अपांग, विपन्न, आदिवासी जनजाती, एकल महिलाहरुलाई राज्यले ग्यारेन्टी गरेको संवैधानिक अधिकार प्रदान गर्न उनीहरुको आवश्यकता र माग अनुसारको कार्यक्रम सञ्चालन गरिनेछ ।
२७. नगरकेन्द्र तथा वडा स्तरमा बैंकिङ सेवा तथा सहकारी संस्थाहरुको प्रवर्धन, संघ संस्था तथा क्लबहरु स्थापना तथा सहकार्य लाई अभिप्रेरित गरिनेछ ।
२८. नीलकण्ठ नगरक्षेत्रलाई वातावरणमैत्री नगर घोषणा गर्दै पर्यावरण संरक्षण, सामुदायिक तथा कबुलियती वन संरक्षण,वनमा आधारित आय आर्जन कार्यक्रम र हरियाली प्रवर्धन कार्यक्रमलाई सघन रुपमा सञ्चालन गरिनेछ । नगरक्षेत्रका नदी सरसफाई तथा पानीका मुहान संरक्षण कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।
२९. नगरको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधान हुने गरि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने र फोहरमैला प्रशोधन तथा मल उत्पादन जस्ता व्यवसायिक कार्यक्रम सञ्चालन गरिनेछ । सरसफाई गुरुयोजना निमार्ण गरी सचेतना अभियान सञ्चालन तथा महत्वपूर्ण स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
३०. नगर स्तरमा नगर प्रहरीको परिचालन तथा अन्य सुरक्षा फोर्ससँगको समन्वयमा उचित सुरक्षा प्रवन्ध तथा सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
३१. वेरोजगार युवाहरुलाई नगरको विभिन्न विकास निर्माणमा स्वयंसेवीको रुपमा परिचालन गरी बेरोजगार भत्ताको समेत ब्यवस्था गरिनेछ ।
३२. धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई आत्मसात् गर्दै नीलकण्ठ नगरपालिका भित्रका सबै मठ मन्दिर, गुम्बा र चर्च ९मण्डली० को उचित संरक्षण तथा पून निर्माण गरिनेछ ।
३३. स्थानीय रैथानी बाली प्रवर्धन गर्न बिउ बैँक स्थापना सहित विशेष कार्यक्रम सञ्चालन गरी नगरलाई खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बनाउदैँ निकाशीयोग्य वातावरण निर्माण गर्ने ।
३४. पठन संस्कृतिको विकास गर्न नगर क्षेत्रमा सार्वजनिक पुस्तकालय, अध्ययन केन्द्र तथा इ–लर्निङ सेन्टर स्थापना गरी अध्ययन अनुसन्धान र प्राज्ञिक गतिविधिलाई प्रोत्साहन गरिनेछ ।
३५. नगरपालिका क्षेत्रभित्रका जग्गाहरुको माटो परीक्षण गरी विभिन्न बालीहरुको पकेट क्षेत्र घोषणाका साथ व्यवसायिक कृषि प्रवर्धनका लागि किसानहरुलाई अनुदान, कृषि उद्यमका लागि लिएको घर जग्गा भाडामा करछुट तथा सहुलियत ऋणको प्रवर्धन गर्ने ।
३६. कृषि को व्यवसायीकरण, बजारीकरणका लागि संकलन केन्द्र, शितभण्डारण केन्द्र निर्माण गरिनेछ । कृषियोग्य जग्गाको गैरकृषिजन्य उपयोग, प्लटिङ र खण्डिकरण पूर्णतया रोकी प्रभावकारी व्यवस्थापन गर्ने ।
३७. उन्नत किसान प्रोत्साहन तथा पुरस्कृत गर्ने योजना सहित किसानहरुका लागि उन्नत खेती र पशुपालनमा आर्थिक अनुदानको व्यवस्था गरि व्यवसायिक कृषिको विकास गरिनेछ ।
३८. सम्पूर्ण सार्वजनिक तथा सरकारी सेवा प्रदायक निकायहरुलाई लैङ्गिक भेदभावमुक्त स्थालका रुपमा घोषणा गर्ने ।
३९. प्रकोप न्यूनिकरण, पूर्व तयारी, राहत, उद्धार पुनस्र्थापना जस्ता प्रत्येक चरणका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सशक्त बनाउँदै विपद् ब्यवस्थापनमा अन्य स्थानीय तहका लागि समेत नमुना बन्ने गरि विपद् श्रोत केन्द्र स्थापना गरिनेछ ।
४०. रामकोट दरवार, पौवा दरवार, ज्याम्रुङ दरबार, धुवाँकोट, भैरवीकोट, लामास्थान लगायतका पुरातात्विक सम्पदाहरुको खोज र उत्खनन गरी परम्परागत स्वरुपमा निर्माण अभियान सञ्चालन गरिनेछ ।
४१. नगरवासीको माग र चाहना अनुसारका आवश्यक विकास निर्माण तथा सहायताका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४२. स्थानीय सरकार सञ्चालनका लागि करको दायरा बढाउँदै, जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासन सञ्चालन गर्ने ।
४३. नगर क्षेत्रमा कला संस्कृतिको विकास तथा प्रवर्धनका लागि नीलकण्ठ प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न साहित्यिक, सांस्कृतिक जातीय तथा धार्मिक र सम्प्रदायका कला संस्कृतिको खोज, अध्ययन र संरक्षण, संग्राहलय निर्माण लगायतका योजना सञ्चालन गरिनेछ ।
४४. नगरका विभिन्न टोल र वस्तीमा गठित टोल विकास संस्थाहरुलार्ई नगरपालिकाको अभिन्न इकाइको रुपमा स्वीकार गरि सहकार्यमा विभिन्न विकास तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
४५. विचारमा विविधता विकासमा एकता को शुत्रलाई आत्मसाथ गर्दै नगरविकास का लागि विभिन्न राजनीतिक दल तथा नागरिक समाजले अघिसारेका राम्रा योजनाहरुलाई अनुसरण गर्दै नगरविकास कार्यक्रममा समावेश गर्ने ।





