माओवादी केन्द्र धादिङले गठबन्धन विरुद्ध उठेका आफ्ना उम्मेदवारलाई कार्वाही गर्ने

Avatar photo
Dhadingpost
बैशाख २५, २०७९

धादिङ । धादिङको गंगजामुनामा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार एकीकृत समाजवादीले पाउने गरी गठबन्धनको प्रदेश तथा जिल्ला संयन्त्रले सहमति गरे पनि माओवादी गंगाजमुनाले उपाध्यक्षमा पदमा रामेश्वर सिंखडालाई उठाए पछि एकीकृत सामाजवादीले सहमति कार्यान्वयनका लागि दवाव दिई रहेको छ ।

यसै बीच माओवादी केन्द्र धादिङले सहमति कार्यान्वयन गर्न र सहमति भएका पालिका र वडामा सहमति सहमती अनुसार गठबन्धनका अन्य दलका उम्मेदवारी रहेको ठाउँमा रहेका माओवादी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन पुन: आग्रह गरेको हो ।

नेकपा (माओवादी केन्द्र) धादिङका संयोजक मनराज भण्डारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दै अन्यथा कार्वाही गरिने जनाएका हुन् ।