
धादिङ । नेपाली कांग्रेस धादिङको महिला नेतृ भगवती उप्रेतीले पार्टी परित्याग गरेकि छिन् ।
नेपाल महिला संघ क्षेत्रिय सभापती भगवती उप्रेतीले फेसबुक मार्फत कांग्रेस परित्याग गरेको घोषणा गर्दै निर्वाचनमा स्व विवेक प्रयोग गरी भोट हाल्ने समेत जनाएकी छिन् ।
यस्तो छ उनको पार्टी छाडेको घोषणा
आज आएर दुखको साथ लेख्न वाध्य भएको छु ।
जन्मदादेखी नै वुबा आमा,दाजुभाई तथा सिंगो परिवार को प्रेरणाले आफु क्रियाशील सदस्य,क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्य समिती सदस्य हुँदै वर्तमान यस २ नंबर क्षेत्र को नेपाल महिला संघको सभापतीको ज़िम्मेवारी समाहाल्दै,शरिरको नसा नसामा कांग्रेसको रगत वगिरहँदा र नेपाली कांग्रेसको एक कर्मठ कार्यकर्ता हुँ भनि रहँदा आज आएर धेरै ठुलो लज्जित हुनु परेको छ ।मन मष्तिस्तिकमा गहिरो ठेस लागेको छ हालको नेतृत्व र पार्टीको गतिविधि ले ….
तेसैले आज बाट कुनै पनि ज़िम्मेवारी र सदस्यतामा नरहने गरि,हाल लाई आफु स्वतंत्र बसी आउने निर्वाचनमा स्व विवेक प्रयोग गरी भोट हाल्ने समेत जानकारी गराउदै, लिखित रुपमा राजिनामा दिने र यस बाट मेरा सम्पुर्ण शुभ चिन्तक र तपाई १०० यौं पार्टीका सहयोगी साथी हरु, दिदीवहिनी,आमावुबाहरुमा पर्न गएको असर प्रति क्षमा माग्दै म आज बाट नेपाली कांग्रेस पार्टी बाट टाढा रहने गरी राजिनामा दिने निधो गरेकी छु ।नेतृत्व र पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै,
अन्तिम जय नेपाल!

