एमाले नीलकण्ठ २ का उम्मेदवारहरु भोट माग्न व्यस्त

Avatar photo
Dhadingpost
बैशाख १५, २०७९

गंगालाल गुरुङ
धादिङ ।
नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिका वडा नं २ बाट अध्यक्षका तिलक गुरूङले उम्मेदवार दर्ता गराएका छन् ।

विगत लामो समय देखि राजनैतिक क्षेत्रमा सक्रिय गुरूङ चिसापानी निवासी व्यक्ति हुन । त्यस्तै महिला सदस्यमा मुना कुमारी घले सदस्यहरु बाबुराम मगर, पूर्ण गुरूङ र दलित महिला सदस्यमा चमेली मायाँ विकलाई उम्मेदवारी दर्ता गराएका छन् ।

घले सामाजिक सेवा लागि महिला सशक्तीकरण क्षेत्रमा अगाडी रहेका छन् उनी जुरेथुम निवासी हुन् । युवाहरूलाई विकास र नेतृत्वमा केही गर्नुपर्छ भनेर युवा जागरण अभियानमा लागि परेका बाबुराम मगर नीलकण्ठ २ मा लोकप्रिय व्यक्ति हुन् । उनी ढोडेनी निवासी हुन् । समाज सेवा र हक हितका लागि यूवालाई राजनीति प्रति झुकाव राख्न सक्रिय जोशिला युवा हुन पूर्ण गुरूङ । सानै देखी एमालेको राजनीतिमा सक्रिय हुँदै संङगठ विकास र विस्तारमा लागेका गुरूङलाई पार्टीले योगदानको कदर गर्दै उम्मेदवार दिन लगाएको बताईन्छ । गुरूङ सिम्ले निवासी हुन् ।

दलित महिला सदस्यमा चमेली मायाँ विकलाई एमालेले अगाडी सारेको छ । सानै उमेरदेखि समाज सेवाको भावना राख्ने विक कान्छो उम्मेदवार हुन् ।

बैशाख १२ गतेको उम्मेदवारी दर्तासंगै एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ । उनीहरुले घर दैलो कार्यक्रम शुरु गरी प्रचार प्रसारलाई सहज ढंगले अघि बढाउन थालेका छन् ।
निर्वाचनमा एमाले, कांग्रेस र माओवादी बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले भोज बहादुर थापा मगर र माओवादी केन्द्रले ध्वज बहादुर गुरूङलाई उम्मेदवार बनाए संगै गाउँ गाउँमा चुनावी सरगर्मी बढेका छ ।