
धादिङ । नेकपा एमालेले सिद्धलेकमा सबै पदमा उम्मेदवारी दिएको छ । गाउँपालिकाको अध्यक्ष पदमा प्रेमनाथ सिलवालले र उपाध्यक्ष पदमा कमला शर्माले उम्मेदवारी दिएका छन् ।
बुङ्चुङ स्थित पार्टी कार्यालयबाट र्याली सहित निर्वाचन कार्यालय पुगेर एमालेबाट उठ्ने सबै उम्मेदवारहरुले उम्मदवारी दिएको एमाले सिद्धलेकले जनाएको छ ।
वडा नम्बर १ को अध्यक्षमा इश्वर सिलवाल, २ को अध्यक्षमा कमल गुरुङ, ३ को अध्यक्षमा देबबहादुर पुलामी, ४ को अध्यक्षमा झकबहादुर मगर, ५ को अध्यक्षमा गोपाल गुरुङ, ६ को अध्यक्षमा सुरेन्द्र मगर र ७ को वडा अध्यक्षमा लक्ष्मण खतिवडाले उम्मेदवारी दिएका छन् ।
