
धादिङ । नेकपा एमाले धादिङले स्थानीय चुनावमा एमालेले जित्नु पर्ने आधार सहित प्रतिवद्धता सार्वजनिक गरेको छ । सत्ता गठबन्धनका ४ दल सँग एक्लै चुनावी प्रतिपर्धा गर्न लागेको एमाले धादिङले सर्वाजनिक गरेको प्रतिवद्धता पत्रमा जनतामा आधारभुत आवश्यकतालाई जोड दिईएको जनाएको छ ।
यस्ता छन् प्रतिवद्धता पत्रको मुख्य आकर्षणहरु
- प्रत्येक गाउँपालिकामा रिङरोड
- मुख्य सडक पिच गर्ने
- वडाको सडक ग्राभेल गर्ने
- एक वडा एक कृषि पशु प्राविधिक
- नि:शुल्क वुहारी उच्च शिक्षा
- पालिका मै प्राबिधिक शिक्षा नि:शुल्क
- एक वडा एक एम्बुलेन्स
- कृषि एम्बुलेन्स संचालन
- जेष्ठ नागरिकहरुलाई एकिकृत सेवा आश्रम संचालन
- प्रत्येवडामा सितभण्डार निर्माण गर्ने,
- एक घर एक धारा, एक घर एक रोजगारका
- सार्वजनिक विद्यालयमा अंग्रेजी माध्यामबाट पढाइ गर्ने
- चेपाङ संग्राहलय निर्माण
यसअघि एमालेले जितेका गाउँपालिकाहरुमा गरिएका विकासका कामहरुको प्रतिवद्धता पत्रमा समिक्षा गरिएको एमाले धादिङले जनाएको छ । थाक्रे, गल्छी, धुनिबेसी, बेनिघाटरोराङ, गजुरी, सिद्धलेक, ज्वालामूखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, खनियाबास, रुबीभ्याली, गंगाजमुना, नीलकण्ठ नगरपालिकाले आफ्नो भूगोल विकासको अवस्था अनुसार काम गर्न सकिने र गर्नुपर्ने विषयहरु समेटेर प्रतिवद्धतापत्रहरु निर्माण गरेको नेकपा एमाले धादिङले जनाएको छ ।
