
धादिङ । नेकपा एमाले ज्वालामुखी गाउँपालिकाले तीनवटा वडामा सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ । अन्य वडामा पनि सर्वसहमति मै टुङ्ग्याउने तयारी भै रहेको बताईएको छ ।
ज्वालामुखी वडा नम्बरमा कृष्ण गिरी, ४ मा राम बहादुर अर्याल र ६ मा मोहन कुमार श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय भएको एमाले ज्वालामुखीले जनाएको छ ।
०७४ सालको निर्वाचनमा १,४ र ६ मा यस्तो थियो मत परिणाम
वडा नं. १
एमाले राम प्रसाद सिलवाल ९०१ मत विजयी
कांग्रेस नरेन्द्र प्रताप शाहा २९३ मत
माओवादी तुल नारायण श्रेष्ठ १७६ मत
वडा नं. ४
कांग्रेस कृष्ण बहादुर गुरुङ १२९३ मत विजयी
एमाले संजय दुवाडी ६९९ मत
माओवादी समन श्रेष्ठ २३५ मत
राप्रपा लुर्क नारायण श्रेष्ठ १६ मत
वडा नम्बर ६
एमाले अर्जुन अर्याल ९६३ मत विजयी
कांग्रेस सागर कुमार श्रेष्ठ ६१२ मत
माओवादी राजकुमार श्रेष्ठ ८६ मत



























