धादिङमा माओवादीले यी महिलालाई स्थानीय तहमा टिकट देला त ?

Avatar photo
Dhadingpost
चैत्र ३०, २०७८

धादिङ । माओवादी केन्द्रले हरेक जिल्लामा कम्तिमा एक पालिका प्रमुख र हरेक पालिकाको कम्तिमा एक वडा प्रमुखमा महिलालाई उम्मेदवारी बनाउन परिपत्र गरे सँगै धादिङ माओवादी केन्द्रका महिलाहरु आशावादी देखिएका छन् ।

केन्द्रबाट परिपत्र आएको छ, हामी फेरि जिल्ला पार्टीलाई बैशाख २ गते ध्यानाकर्षण पत्र बुझाउँदै छौ । अनेमसंघ (क्रान्तिकारी) धादिङको अध्यक्ष दिपा कडेलले धादिङपोष्टलाई बताईन् । बैशाख ३ गते जिल्ला स्थित सत्ता गठबन्धनका दलहरुको बैठक पनि छ, बैठक अघि हामी नेताहरुलाई भेट्छौं, उनले भनिन् ।

जिल्ला कतिपय पालिका महिलाले प्रमुखमा दावी गरेका छन् । हामी सबै पालिकामा महिला नेतृत्व चाहिन्छ भनेर भनि राखेका छैनौं केन्द्रको परिपत्र अनुसार कम्तिमा पनि एक पालिका प्रमुखमा महिला उम्मेदवार हुनुपर्छ र प्रमुखमा उठ्न नपाएका ठाउँमा उप प्रमुख महिला हुनुपर्छ यहि कुरा हामीले उठाउँदै आएको अध्यक्ष केडेल बताउँछिन् ।

को कुन पालिकामा आकांक्षी
१. जिल्ला अध्यक्ष दिपा कंडेलले बेनीघाट रोराङको अध्यक्ष पदका लागि पार्टीमा दवाव दिई रहेको पाईएको छ । यस अघि माओवादीले जितेको यस पालिका यो पटक पनि गठबन्धनको मापदण्ड अनुसार माओवादीले नै पाउँने देखिन्छ । कडेल ०७४ सालको स्थानीय तहको निर्वाचनको चुनावको पनि आकांक्षी हुन् कांग्रेस सँगको गठबन्धनका कारण टिकट पाउन नसकेको हुँदा यो पटक फेरि उनी टिकटको दागी दावेदार छिन् ।

२. गठबन्धनको केन्द्रीय मापदण्ड अनुसार एकीकृत समाजवादीको भागमा परे पनि जिल्ला कार्यदलले टुङ्ग्याई नसकेको धुनीबेसीमा गंगोत्री चौलागाईको प्रमुखमा दावी छ । जनयुद्धकालिन नेतृ चौलागाई प्रमुख माओवादीको भागमा नपरे उप प्रमुखमा आफ्नो दावी रहने बताउँछिन् ।

३. गंगाजमुना गाउँपाकिला प्रमुखका लागि सुनिता अधिकारीले दावी गरेकी छिन् । वडाले उनको नाम पालिका प्रमुखको लागि सिफासि गरिसेको छ । मेरो दावी रहन्छ पार्टीमा पनि आफ्नो कुरा राखिसकेको छु । गठबन्धनमा प्रमुख माओवादी केन्द्रले छाड्नु पर्यो भने उप प्रमुखमा आफ्नो दावी रहने उनी बताउँछिन् । एमालेले जितेको यस पालिका अध्यक्षको लागि गठबन्धनका कांग्रेस र माओवादी दुबैले दावी गर्दै आएका छन् । यद्यपी कस्को भागमा पर्ने बैशाख ३ गतेको बैठकले टुङ्गो लाग्ने बताईएको छ ।

४. नेत्रावती डब्जोङबाट ०७४ को उप प्रमुख विजयी भई उत्कृष्ट कार्यसम्पादन गर्न सफल उर्मिला तामाङ यो पटक प्रमुख पदका लागि आकांक्षी छिन् । एमालेले जितेको यसपालिका काँग्रेसले दावी परेको छ । माओवादीको भागमा पर्दा आफुलाई प्रमुख पदमा टिकट दिनेमा आस्वस्थ रहेको उनी बताउँछिन् ।

५. गजुरी गाउँपालिमा चेलीमाया तामाङ भनेर नचिन्ने माओवादी देखि माओवादी शुभचिन्तक कोहि छैनन् । पार्टीको काम भनेसी अग्र मोर्चामा देखिने चेलीमायाको यो पटक पालिका प्रमुख वा उप प्रमुख मध्य एक पदमा दावी छ ।

६. सहिद परिवार जनयुद्धको सिपाही लक्ष्मी थापा मगरले ज्वालामुखीको उप प्रमुखमा दावी गरेकी छिन् । प्रमुख मै दावी हो मेरो पार्टीमा यहि भनेको छु तर यस अघि काँग्रेसले जितेको र गठबन्धनको मापलण्डले कांग्रेसले उप प्रमुख पाउँदा आफु माओवादी केन्द्रबाट उप प्रमुखमा दावी रहेको बताउँछिन् ।