
धादिङ । राप्रपा धादिङले आज धादिङबेसीबाट स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रम सुरु गरेको छ । हरेक जिल्लाका सदरमुकामबाट घर दैलो अभियानको शुभारम्भ गर्ने केन्द्रीय कार्यक्रम अनुसार राप्रपा धादिङले सदरमुकाम धादिङबेसीबाट चुनावी घरदैलोको सुरुवात गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भए सँगै उत्साहित बनेका धादिङका राप्रपाका नेता तथा कार्यकर्ताहरुले यस घर दैलो अभियानको शुभारम्भ केन्द्रिय सह महामन्त्री प्रकाश रिमाल गरेका हुन् ।
जनताको बीचमा राप्रपा भन्ने अभियान आजबाट सुरुभएको र अब हरेक पालिका वडामा यो अभियान पुर्याईने उपाध्यक्ष श्यामसिंह ठकुरीले धादिङपोष्ठलाई बताए ।










