
धादिङ । नेकपा एमाले सिद्धलेकले गाउँपालिकाको अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई नै उठाउने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न एमाले सिद्धलेकको बैठकले अध्यक्षमा सिलावल र उपाध्यक्षमा शर्मालाई नै उठाउने सर्वसहमत निर्णय गरिएको कमल सिलवालले धादिङपोष्टलाई बताए ।
सिलवालका अनुसार एमाले सिद्धलेकले वडा ४ को अध्यक्षमा झक बहादुर मगर, वडा नम्बर ५ को अध्यक्षमा गोपाल बहादुर गुरुङ र वडा नम्बर ६ को अध्यक्षमा सुरेन्द्र मगरलाई उठाउने समेत निर्णय गरेको छ ।
