खेम लोहनीद्वारा पत्रकार स्व. वर्माको शालिक अनावरण

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङका संघीय सांसद खेम लोहनीले पत्रकार महासंघको भवन परिषरमा स्थापना गरिएको स्वर्गिय सिताराम प्रसाद वर्माको शालिक अनावरण गरेका छन् ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्व. सिताराम प्रसाद वर्माको शालिक निमार्णको लागि सांसद लोहनीले नै संघीय संसदकोषको बजेटबाट ५ लाख महासंघलाई उपलब्ध गराएका थिए ।

पत्रकार महासंघ धादिङको आयोजनामा आज अध्यक्ष स्व। सिताराम प्रसाद वर्माको शालिक अनावरण र संस्थापक सचिव एवं पुर्व अध्यक्ष स्व. राजेन्द्र प्रताप शाहको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम भएको थियो ।