मैदीको बौद्ध धर्म आविका विद्यार्थीलाई झोला वितरण

Avatar photo
उपेन्द्र जम्कट्टेल
चैत्र २४, २०७८

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित वडा नं. २ मा मैदी गौजीमा रहेको बौद्ध धर्म आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले उक्त विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका हुन् ।

ब्याग वितरण कार्यक्रममा टानका केन्द्रिय सदस्य बल बहादुर समारी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तामाङ, हालका अध्यक्ष ग्याप्चमान तामाङ, वडा सदस्य धन बहादुर तामाङ, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो ।