एमाले निकट आदिवासी जनजाति महासंघ धादिङको अध्यक्षमा मनोज तामाङ चयन

Avatar photo
Dhadingpost
चैत्र २२, २०७८

धादिङ । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धादिङको अध्यक्षमा मनोज तामाङ चयन भएका छन् ।

धादिङबेसी स्थित एमाले पार्टी कार्यालयको हलमा सोमबार सम्पन्न आदिवासी जनजाति महासंघ धादिङको प्रथम सम्मेलनले धुनीबेसीका मनोज तामाङ अध्यक्ष, खनियाबासका आशिष तामाङ उपाध्यक्ष, रुविभ्यालीका हरिलाल तामाङ उपाध्यक्ष, गंगाजमुनाका रुकु कुमार लामा सचिव, नेत्रावती डवजोङका धन ब गुरुङ (चन्द्र) उप सचिव, किरणलाल श्रेष्ठ उपसचिव र राम माया तामाङ कोषाध्यक्ष सहित ५५ सदस्यीय कमिटी चयन गरेको हो ।

एमाले केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री राम हादुर थापा (बादल) को प्रमुख आतिथ्यता, एमालेका केन्द्रिय सदस्य खेम लोहनी र जिल्ला उपाध्यक्ष धनबहादुर घलेको विशेष आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको थियो । र राजिव तामाङको अध्यक्षतामा सम्पन्न भेलाले ५५ सदस्यीता कमिटि गठन।