
धादिङ । नेकपा एमालेको राष्ट्रिय युवा संघ धादिङको अध्यक्षमा सिद्धलेकका कमल सिलवाल चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता तथा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीको विशेष आतिथ्यतामा शनिबार धादिङबेसीमा सम्पन्न ८ औं जिल्ला सम्मेलनले कमल सिलवालको अध्यक्षमा १४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
सम्मेलनले उपाध्यक्षमा सुनिल तामाङ, सचिव हरि शरण जमकट्टेल, उपसचिवहरुमा साजन गुरुङ, युवराज खतिवडा र कोषाध्याक्ष अजय गुरुङलाई चयन गरेको छ ।
शनिबार सम्पन्न उक्त सम्मेलनमा बोल्दै केन्द्रिय अध्यक्ष तथा प्रमुख अतिथि किरण पौडेलले आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेका उम्मेद्धारलाइ विजयी गराउन एक बुथ, सय युथ सहित लाग्न
निर्देशन दिएका थिए ।
एक बुथ, सय युथको योजना बनाएर आसन्न स्थानीय चुनावको तयारीमा लाग्न पनि निर्देशन दिँदै नेता पौडेलले आगामी स्थानीय चुनाव पछि, स्वार्थीहरुको बीचमा बनेको पाँचदलिय गठबन्धनलार्इ हराएर एकल बहुमत सहित नेकपा एमालेले स्थानीय सरकार संचालन गर्ने दावी गरेका थिए ।
