मतगणना स्थलमा सीसीटीभी जडान गरिने

Avatar photo
Dhadingpost
चैत्र १७, २०७८

काठमाडौं । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनको आयोजना गरि सबै मतगणना स्थलमा सीसीटीभीको व्यवस्था गरिने जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ‘मतगणना स्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पत्राचार भएको छ र स्थानीय तहहरुबाट सकारात्मक सूचना प्राप्त भएको छ’, बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेले भने ।

यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ । छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।